आइतबार, २९ असार २०८२

नीति तथा कार्यक्रम : धितोपत्र बोर्ड सुदृढीकरण र नेप्से पुनरसंरचना गर्ने घोषणा

समयपोष्ट २०८२ वैशाख १९ गते १५:४०

Advertisement

नेपाल सरकारले धितोपत्र बजारको सुदृढीकरणका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई बलियो बनाउने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले धितोपत्र बोर्डको सुदृढीकरण गरिने बताएका हुन्।

उनले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र भरपर्दो बनाउने उद्देश्यसहित बोर्डलाई आवश्यक स्रोत, संरचना र अधिकारसहित सुदृढ बनाइने उल्लेख गरे।

साथै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपति पौडेलले नेप्सेको संरचना परिवर्तन गरी पुँजीबजारको क्षमता विस्तार र पारदर्शिता अभिवृद्धि गरिने बताएका हुन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री