शुक्रबार, ७ वैशाख २०८१

ओली-प्रचण्ड वार्ता जारी, वार्तापछि ओलीले स्थाई कमिटी बैठकमा यि बिषयमा ब्रिफिंग गर्ने

समयपोष्ट २०७५ जेठ २ गते ६:१२

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भैरहेको बताइएको छ । यसअघि मंगलबार प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो ।

Advertisement

ओली र प्रचण्डको वार्तापछि एमालेको स्थायी कमिटी बैठक बस्नेछ । अपरान्ह ४ बजे बस्ने बैठकमा पार्टी एकतामा भइरहेको प्रगतिबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनेछन् ।

त्यसैगरी आजको स्थायी समिति बैठकमा पार्टी एकताका लागि भएका छलफल र सहमति अनुमोदन गर्नसक्ने पनि बताइएको छ । एमालेले आजै बेलुका पार्टी एकता संयोजन समितिको बैठक समेत राखेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री