शुक्रबार, ७ वैशाख २०८१

‘क्लिन द सिटी’ अभियान : १२ करोड मुल्य पर्ने ब्रुमर ल्याउने महानगरको तयारी

समयपोष्ट २०७५ जेठ १ गते ७:१३

धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लागि बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लािग रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ ।

कामपाले रु १२ करोड मूल्यबराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री