करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ ।

डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराउनुभयो ।

Advertisement

एक हजार ३०० धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना शहरी खानेपानी योजनाको काम थालिएको उक्त समितिका सचिव देवकी भट्टले बताउनुभयोे । रु ३० करोड ६२ लाखको लागतमा सो आयोजनाको निर्माण थालिएको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ ।

एक हजार ३०० धाराबाट खानेपानी वितरण गर्ने योजना भए पनि मूलबाट आएको पानीबाट एक हजार ५०० सम्म धारा राख्न सकिने खलङ्गा उक्त उपभोक्ता समितिका सचिव देवकी भट्टले जानकारी गराउनुभयो । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्भेक्षणका आधारमा खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा एक हजार ३०० धारा आवश्यक पर्नेछ ।

अठार महिनामा काम सम्पन्न गर्ने गरी सो योजना निर्माण गर्न लागिएको हो । सदरमुकाम खलङ्गाबाट वितरण गरिने खानेपानी योजनाको मुहान १९ किलोमिटर ५०० मिटर टाढा अमरगढी–२ मा छ । अरगढी–२ को मतरे, लामासेन र अनारबे भन्ने खोलाको मूलबाट पानी संकलन गरी योजना निर्माण भइरहेको सचिव भट्टले जानकारी गराउनुभयो ।

अमरगढी बजार क्षेत्रको खलङ्गा, बागबजार, कीर्तिपुर, थोफानडाँडो क्षेत्रमा एक हजार ३०० घरधुरीका लागि धारा आवश्यक छ । गर्मियाममा पानीको समस्या भएका बेला पानी पर्याप्त पानि भए सदुरमुकाममा अझ बढी जनसंख्या थपिने आयोजनाले जनाएको छ । सुख्खायाममा खानेपानीको समस्या भोग्दै आएका सर्वसाधारण तथा व्यापारीले पनि सहजै पानी उपभोग गर्न पाउने योजना निर्माण कम्पनीले जनाएको छ ।

Advertisement

सर्भेक्षणमा मात्र दुई महिना खर्चेको निर्माण कम्पनी चाँदनी कन्स्ट्रक्सनले अहिले इन्टेक निर्माणका लागि आवश्यक सामग्री जुटाइरहेको छ भने वितरण केन्द्र खलङ्गामा पनि ट्याङ्की निर्माण कार्यको थालनी भइसकेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री