शनिबार, ८ कार्तिक २०८२

नेको इन्स्योरेन्सको सेयर आजबाट लिलामीमा

समयपोष्ट २०७५ वैशाख २० गते ८:१६

नेको इन्स्योरेन्सले हकप्रदमा अवितरित ९९ हजार ९४८ कित्ता हकप्रद सेयर आजबाट लिलामीमा राखेको छ । कम्पनीले ४ हजार ६३ कित्ता संस्थापक समूह र ९५ हजार ८८५ कित्ता सर्वसाधारण तर्फको हकप्रद सेयर लिलामीमा राखेको हो ।

Advertisement

लिलामीको सेयरमा आवेदन दिने अन्तिम मिति बैशाख २६ गतेसम्म रहेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । नेकोले यसअघि माघ २६ गतेदेखि चैत १ गतेसम्म बिक्रि खुला गरेकोमा सो बराबरको सेयर बिक्रि नभएपछि लिलामीमा ल्याएको हो ।

लिलामी सेयरमा एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिकित्ता सेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य कबोल गरेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री