बुधबार, १९ वैशाख २०८१

एमडिएमएस पुनः कार्यान्वयन हुने

समयपोष्ट २०८० वैशाख ३१ गते १६:३५

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पुनः कार्यान्वयन हुने जनाएको छ ।

एक सुचना जारी गर्दै प्राधिकरणले नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्यरुपमा एमडीएमएसमा दर्ता गर्न सुरु गरिने जानकारी दिएको हो ।

प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ । साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री