शनिबार, १५ वैशाख २०८१

बाक्लो कुहिरोका कारण बेपत्ता तारा एयरको विमान खोज्न कठिन

समयपोष्ट २०७९ जेठ १५ गते १३:२०

Advertisement

मुस्ताङको न्याउरीकोट क्षेत्रमा हराइरहेको तारा एयरको विमान खोज्न कठिन भइरहेको छ ।

बाक्लो कुहिरो भएका कारण खोजी कार्य कठिन भइरहेको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

स्थलमार्ग र हवाई मार्ग दुवैबाट खोज्ने काम भइरहेको तर पहाडमाथि बाक्लो हुस्सु लागेका कारण समस्या भइरहेको प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले बताए ।

प्राधिकरणका अनुसार एउटा हेलिकप्टर त्यस क्षेत्रमा परिचालन भइसकेको छ भने काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर पनि पोखरा विमानस्थलबाट उड्ने तयारीमा छ ।

न्याउरीकोट क्षेत्रमा विमानको आवाज सुनेको स्थानीय बताएपछि त्यस क्षेत्रलाई केन्द्रित गरी खोजी भइरहेको कर्णले बताए । ६ विदेशीसहित १९ यात्रु लिएर बिहान ९ः५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज जोमसोममा अवतरण हुन केही मिनेट बाँकी छँदा एयर ट्राफिक कन्ट्रोल (एटिसी) सँग सम्बन्ध विच्छेद भएको थियो ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । विमानका सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री