मंगलबार, ६ चैत २०८०

यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु

समयपोष्ट २०७९ जेठ १५ गते ११:३५

Advertisement

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।

९ बजेर ५५ मिनेटमा जोमसोम उडेको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भरेका थिए ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

विमानका सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री