शनिबार, ८ वैशाख २०८१

चर्चित मोडलको अश्लिल भिडियो चोरेर ‘भाइरल’ बनाउने धम्की दिंदै ७ करोडको बार्गेनिङ गरेपछि….

समयपोष्ट २०७९ जेठ १४ गते ९:३०

Advertisement

बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ ।

नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको हो । उनका प्रेमीसँगको अश्लिल भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन आचार्य, कालीकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेपलाञ्चोकका उमेश भण्डारी, गुल्मीकी बसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौं सिनामंगलका श्रवण कार्कीलाई पक्राउ गरेको छ ।

ती मोडेल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनको ल्यापटप मर्मत गर्ने पसल पनि छ । मोडलले बनाउन छोडेको ल्यापटप मर्मत गर्ने क्रममा अश्लिल भिडियो भेटियो । श्रवण र सुरजले सो भिडियो आफ्नो डिभाइसमा कपी गरे ।

ती मोडेलसँग पैसाको बार्गेनिङ गर्ने योजना बनाएर उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारीसँग सम्पर्क गरे । उमेश भण्डारी एडभर्टाइजिङ एजेन्सी सञ्चालक हुन् । उमेशले त्यसबारे गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्तालाई बताए । प्रहरी स्रोतका अनुसार वसन्ता करिब ६ महिना अघिसम्म एउटा अनलाइन टेलिभिजनको प्रोडक्सन मेनेजर थिइन् ।

उनीहरुले ७ करोड नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए । पीडित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागे पनि उनी प्रहरीकहाँ पुगिन् । उनीहरु बिहीबार रकम लिन गएको अवस्थामा काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री