शुक्रबार, ७ वैशाख २०८१

बालेन र सुनितालाई बधाई दिदैँ करिष्माले भनिन् -अब एमालेलाई पहिलो पार्टी बनाउँछौ

समयपोष्ट २०७९ जेठ १२ गते ८:२९

Advertisement

काठमाडौँका नर्वाचित मेयर तथा उपमेयरलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत अभिनेत्री मानन्धरले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएकी हुन् ।

लोकतन्त्रमा जनताको रोजाई नै सर्वोच्च हुने भन्दै मानन्धरले युवाहरूले राजनीतिमा चासो लिन थाल्नु सकारात्मक भएको पनि बताएकी छन् ।

उनले लेखेकी छन्

लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ ।
जनतको मत तेता तर्फ आकर्षित हुन्छ जाँहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् ।
काठमाडौ माहानगर वासी जनताको रोजाइ ,
हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।
हुनै लागेकी , उप- मेयर नेकपा एमाले कि नेत्री क. सुनिता डङ्गोललाइ बधाई तथा सफल कार्यकालको शुभकामना ।
मेरो बिचारमा सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो उर्जासिल प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ ।
युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।
सबै दलहरूको चुनावी प्रयास भनेको
आफ्ना नीति योजनाहरु जनता सामु पुर्याउनु र आफ्नो पार्टीलाई अत्याधिक मतले बिजयी बनाउनु नै हुन्छ ।
जनमतको क्रममा ठुला दल अत्यन्तै स्यानो भएर खुम्चिनु !
अनि सानो दल ठूलो जनमतले अचानक आगाडी आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्नसकिन्छ ।
तर यो स्थानीय चुनावमा तेसो भएको होइन ।
यो चुनावको परिणाम मिश्रित छ।
पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबंधन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एक्लै भएपनी दोस्रो र गठबंधनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल …
जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको छ ।
धरानमा हर्क साम्पाङले जित्नु ,
विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई
उदाहरणको रुपमा लिन सकिन्छ ।
हरेक पार्टिले यो सत्यलाई मनन् गर्नुपर्छ ।
म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै
छु,
यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ।
नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ !!
तर पार्टीको गरिमा बढेको हेर्न चाहाने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भयेको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु ।
पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निस्वार्थ समिक्षा गर्नुपर्छ होला र तेसलाइ सच्याएर अगाडि जानुपर्छ ।
किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुदाहुदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तरघातका कारण यथोचित सफलता हासिल गर्न सकिएन ।
धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो ।
मुख्य नेतृत्वले तल सम्मको स- साना कामकारबाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला !
कतै कतै उमेदवारहरुको छनोट पो गलत भयो कि !!
समय परिवर्तनशिल छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुदैन ।
तेसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबाहार बनाउन हामिले आफुलाइ परिवर्तन गर्नुपर्छ ।
आउदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्याउनु पर्छ ।
चुनावमा एमालेका नेताकार्यकर्ताले जुन उर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए ।
बिजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना ✊
अन्त्यमा
हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री