पुर्व मिस नेपालका पितासहित १२ नेतालाई कारवाही गर्ने ओलीको तयारी

नेकपा एमालेले स्थायी कमिटी बैठक डाकेको छ ।

Advertisement

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज साँझ ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने बताईएको छ ।

एमालेको अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरण सोधिएकामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् ।

Advertisement

उनीहरू कसैले स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको ओली पक्षले स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री