मंगलबार, ८ जेठ २०८१

दुई सातामा १३८ पिन्ट रगत जमा

RSS २०७८ जेठ १४ गते १६:२३

Advertisement

सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिनुभयो ।

कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई रगतको अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।

कोरोनाका कारणले मात्र अप्ठ्यारोमा परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा ब्लड चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायतका अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने हाम्रो अभियान रहेको उहाँको भनाइ छ ।

Advertisement

एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भातृ संगठन, सर्वसाधारण लगायतले रक्तदान गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री