
एमालेको माधव नेपाल पक्षका चार सांसदले उनको साथ छाडेका छन् ।
काँग्रेससभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षर गर्नेमध्ये ४ जनाले सोमबार प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेनन् ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर, सर्वोच्चमा रिट दायर गर्ने क्रममा २३ जनाको मात्र हस्ताक्षर छ ।
माधव नेपालको साथ छाड्ने सांसदहरुमा गोकर्ण विष्ट, गणेश पहाडी, राजबहादुर बुढा र पवित्रा निरौला खरेल छन् । उनीहरु नवौं महाधिवेशन अघिदेखि नै ओलीविरोधी कित्तामा थिए । नेकपा र पछि नेकपा एमाले बनेपछि पनि उनीहरुले पार्टी विवादमा नेता नेपाललाई साथ दिएका थिए ।
सचिव योगेश भट्टराई र चितवन जिल्ला अध्यक्षसमेत रहेका सांसद कृष्णभक्त पोखरेल नेपाल कित्ताबाट ओली कित्तामा समाहित भइसकेका छन् ।










प्रतिक्रिया