काठमाडौंमा निशेषधाज्ञा झन् कडा, अध्यादेश पालना नगरे यस्तो कारवाही

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई कडा कारवाही हुँने भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसैसाता जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने सोमबार एक सूचनामार्फत जानकारी दिएको छ ।

अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने जनाइएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री