साहित्यकार बानिरा गिरीको निधन, २० दिनअघि देखिएको थियो कोरोना संक्रमण

साहित्यकार बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली महिलासमेत रहेकी उनको आइतबार राति १० बजे निधन भएको बताईएको छ ।

२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदयघातले भएको जनाइएको छ ।

आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको जनाइएको छ । विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् ।

कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री