महन्तजीले प्रधानमन्त्री बन्न किन गरेनन् हिम्मत

भारतमा बिजेपीको सरकार बन्नुपुर्व भारतीय काग्रेसले चुनाव जितेको थियो, चुनावको परीणाम आइसकेपछी काग्रेसकी अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त भयो, तर ऊनी प्रधानमन्त्री बन्न अस्विकार गरिन, पत्रकारहरुको प्रश्नको जवाफमा उनको उत्तर यहि हुन्थ्यो की, मुझे प्रधानमन्त्री बन्ने के लिए मेरी आत्मा इजाजत नहि देति,उनले पटक्कै नमाने पछि मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए। उनले यो कुरा किन गरेकी थिइन। सायद उनलाई बिदेशी चेली भनेर बैचारिक आक्रमण गर्ने गरिन्थ्यो सायद त्यही कारण थियो वा अन्य त्यो कुरा गर्भमै छ,त्यो इतिहास बनी सक्यो।

Advertisement

यतिबेला हामीकहाँ एकजना पात्र देखा परे महन्त ठाकुर, उनलाइ पाँचदलको समर्थनमा प्रधानमन्त्री बन्न प्रताव गरिएको थियो तर उनले त्यो प्रस्ताव अस्विकार गरे, उनको यो निर्णयले यतिबेला कैयौं प्रश्न उठाइ दियको छ। उनी के साँच्चै नै ‘महन्त’ नै भएर यो निर्णयमा पुगेका थिए ।सत्ताप्रती कुनै रुचि नभएर के उनी यो निर्णयमा पुगेका थिए? वा अबका दिनमा उनी कुनैपनी मन्त्रीमण्डलमा सामेल नहुने अठोटका साथ यो निर्णयमा पुगेका थिए । त्यो कुरापनी होइन, सम्भबत उनी र उनको समुह एक दुई दिनमा नै केपीजीको मन्त्रीमन्डलमा सहभागी हुनेछ्न । उसो भए देखिन उनलाइ प्रधानमन्त्रीको उम्मेदवार बन्न के कुराले रोक्यो? त्यो अदिर्स्य शक्ति के थियो जस्ले उनलाइ अगाडि बढ्न रोकि राखेको थियो । उनीमा कुन कुराले गर्दा अगाडि बढ्ने हिम्मत आइरहेको थिएन।

जुन कारण,जुन चिन्तन,जस्को निर्देशन वा आफ्नै अज्ञानता जे जसरी गरिएको भएता पनि त्यो निर्णय देश, जनता र समुदाय प्रतिको गद्दारी नै हो। यो घटनाले उहाँको सम्पुर्ण राजनीतिक इतिहास समाप्त पारी दिएको छ।

कतिपयले यो तर्क उठाउने गरेका छ्न की उनलाइ अगाडि बढ्न दक्षिणले रोक्यो ! उनले उताबाट जे निर्देशन प्राप्त गरेका थिए त्यो निर्देशनलाई उनले इमान्दारीपुर्वक पालना गरे।उनलाइ वर्तमान सत्ताको अधिनस्थ बस्ने निर्देशन थियो उनले त्यही गरेका छन। कतिपयको तर्क यो पनि छ कि उनले तटस्थताको जुन अभिनय गरेका थिए त्यस्को लागि कुनै बस्तुमा उनी मोहित हुन पुगे र त्यो मुल्यवान बस्तु उनले आफ्नो समुहमा समाहित गरिसकेका थिए, त्यो बस्तुमा उनी चुकी सकेका हुनाले प्रधानमन्त्रीको प्रतावलाइ स्वीकार गर्न सकेनन । उनी निरीह जस्ता देखा परे, उनको आँट र हिम्मत सबै सिथिल हुन पुग्यो।

Advertisement

जुन कारण,जुन चिन्तन,जस्को निर्देशन वा आफ्नै अज्ञानता जे जसरी गरिएको भएता पनि त्यो निर्णय देश, जनता र समुदाय प्रतिको गद्दारी नै हो। यो घटनाले उहाँको सम्पुर्ण राजनीतिक इतिहास समाप्त पारी दिएको छ। पुरानो एउटा भनाइ छ, तेलदिदा नखाने कोल चाट्ने, भनेजस्तै प्रधानमन्त्री दिदा नलिने अनि केही मन्त्रीहरुको लागि बालुवाटारमा बिन्ती बिसाउने। कठै! कति पिछाडिएको चेतना!

प्रतिक्रिया

सम्बन्धित सामाग्री