मंगलबार, १८ वैशाख २०८१

भारतले बनायो पानीमा घोलेर खान मिल्ने कोरोना भाइरस बिरुद्धको औषधि

समयपोष्ट २०७८ जेठ ३ गते १६:३८

Advertisement

भारतले कोरोना भाइरस बिरुद्धको औषधि आज सार्वजनिक गरेको छ ।

भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले कोभिड १९ विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका हुन्।

भारतीय सञ्चार माध्ययमका अनुसार भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा कोरोना भाइरस बिरुद्धको यो औषधि विकास गरेको हो ।

धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खान सकिने बताईएको छ । औषधिले भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको वृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताईएको छ । यसले कोरोना लागेका व्यक्ति छिटो निको हुने र अक्सिजनमा भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्ने बताईएको छ ।

दोस्रो लहरबाट प्रभावित बनेको भारतमा कोभिड -१९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री