मंगलबार, ११ वैशाख २०८१

जब धरहरा बाँसको लिंगोझैं मच्चिन थाल्यो….

समयपोष्ट २०७८ वैशाख २६ गते ७:१७

Advertisement

वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन ।

‘सपना हो कि विपना ?’

बेलाबेला आफैंसग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । स्याङ्जाबाट काठमाडौं आएकी दिदी लिएर घुम्न निस्केकी उनलाई १२ वैशाख २०७२ ले पछ्याइरहेकै छ ।

सिरिंग हुँदै भन्छिन्, ‘कहालीलाग्दो खराब सपनाझैं लागिरहन्छ ।’

दिदीसँगै धरहराको नवौं तल्ला पुगेपछि फलामे रेलिङमा हात के परेको थियो, धरहरा बाँसको लिंगोझैं मच्चिन थाल्यो । क्षणभरमै उनले दिदी गुमाइन् । मृत्युमुख पुगेर ‘बालबाल’ बचेको त्यो पल हरेक १२ वैशाखमा उनको ताजा बन्छ ।

दिदीसंग रमाइलो गर्दै, जिस्कँदै धरहराका सिढी चढेको पलले प्रशंसालाई चिमोटिरहन्छ । ‘नवौं तला पुगेर काठमाडौं नियाल्यौं, मोबाइलबाट फोटो खिच्यौं,’ पंक्ति सुनाउदै गर्दा उनका आँखाका पलकका तन्द्राझै चल्मलाउन थाले, ‘त्यही बेला एकाएक भूकम्प आयो, केही सोच्नै सकिएन । एकैछिनमा सबै बर्बाद भयो ।’
त्यो कहाली लाग्दो दिन सम्झँदा प्रशंसाका आँखा अहिले पनि रसाउन थाल्छन् । मुटु गाँठो पर्छ । प्यारी दिदीको सम्झनाले चिथोर्न थाल्छ ।

त्यतिबेला प्रशंसा ११ कक्षा बोर्ड परीक्षा अन्तिम तयारी गर्दै थिइन् । १२ वैशाखमा उनीसहित ६० भन्दा व्यक्ति धरहरासंगै पुरिए । बाँच्न सफलमध्ये प्रशंसा पनि एक हुन् । धरहराको अवासनमा ६० जनाले ज्यान गुमाए ।

प्रशंसा आमासँग ललितपुरस्थित डेरामा बस्थिन् । घर स्याङ्जा पुतलीबजार भए पनि अध्ययनक्रमा उनीहरू काठमाडौं ‘सिङ्खट’ भएका थिए । ‘भूकम्प आउँदा हामी काठमाडौं आएको एकवर्ष मात्र भएको थियो,’ प्रशंसा सम्झिन्छिन्, ‘यस्तो होला भनेर कसले सोचेको हुन्छ र ?’

महाभूकम्प जाँदैगर्दा धरहराको सबैभन्दा माथिल्लो तल्लामा रेलिङ समातेर बसेकी प्रशंसा भुइँ पुग्दा भग्नावशेषले थिचिइसकेकी थिइन् । दिदीको घटनास्थलमै मृत्यु भयो । प्रशंसालाई फलामे रेलिङको थिचाईले खुट्टामा गम्भीर चोट पा¥यो । खुट्टाका केही भाग भाँचिए । रक्तश्रावका कारण उनी बेहोस भइन् ।

‘उद्धारकर्मीले नर्भिक अस्पताल पु¥याएछन्, बाँच्ने सम्भावना निकै कम थियो,’ उनका एकाएक चम्किए, ‘चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापनको अनवरत सहयोगले नयाँ जीवन पाएँ ।’

नर्भिक बेड प्रशंसाको जीवन र पढाईका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । ‘भूकम्पले मेरी दिदीलाई लग्यो तर मेरा लागि भाग्य बन्यो,’ दिदीको यादमा रसाएका आँखा पुछ्दै उनले सुनाइन्, भूकम्पकै कारण नसोचेको परिवर्तन भयो । आज मेरो सपना पूरा हुँदैछ, म एउटा सक्षम नारी बन्दैछु ।’

धराहरा पुरेर बाँचेकी प्रशंसा भेट्न नर्भिक अस्पताल अध्यक्ष बसन्त चौधरी बेडमै पुगे । उपचारमा लाग्ने सबै खर्च अस्पतालले नै व्यहोर्ने घोषणा गरे, चौधरीले ।

‘तिम्रो सपना के छ ?’ शै्यामा छटपटाइरहेकी प्रशंसालाई उनले सोधे ।

प्रशंसाले भनिन्, ‘बिएसी नर्सिङ पढ्ने ठूलो सपना छ ।’

चौधरीले तत्समय उनको ‘सपना पूरा गरिदिने’ बचन दिए । अहिले प्रशंसा ललितपुर सानेपास्थित नर्सिङ क्याम्पसमा बिएसी नर्सिङ पढिरहेकी छन् । सबै प्रायोजन नर्भिकले व्यहोरिरहेको छ ।

‘नर्भिक पुग्नु अहोभाग्य रहेछ । मेरो सपना त्यही गएर पूरा हुँदैछ,’ बिएससी नर्सिङ तेस्रो वर्ष बोर्ड परीक्षा तयारी गरिरहेकी प्रशंसा भन्छिन्, ‘फूल स्कलरसीप पाएकी छु, रेलिङले थिचेर जीर्ण बनेको खुट्टा पनि ठीक भइसक्यो ।’

उनको खुट्टा पूर्णतया निको पार्न विदेशबाट सिनियर डाक्टर, अत्याधुनिक उपकरण र प्रविधि भित्र्याइयो । उपचारकै लागि नर्भिकमा साढे ४ महिनाभन्दा बढी बसिन्, प्रशंसा । नर्भिकले सबै खर्चसमेत मिनाहा ग-यो । अहिले उनको खुट्टा पहिलेझैं ठीक छ । नर्सिङ पेशामा आबद्ध भएपछि ‘लामो समय उभिन सक्दिनँ कि ?’ भन्ने चिन्ता थियो, त्यो पनि दू्र भइसक्यो । पढाईपछि नर्भिकमै आउने छिन्, उनी । समस्यामा परेकालाई सेवा गर्ने ठूलो सपना छ ।
’यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री