शनिबार, १५ वैशाख २०८१

राष्ट्रियसभा उपनिर्वाचन : बादलसंग डा. देवकोटा भिड्ने

समयपोष्ट २०७८ वैशाख २२ गते १३:४८

Advertisement

विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा.खिमलाल देवकोटालाई उम्मेदावर बनाउने भएको छ ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेद्वारा बनाउने निर्णय गरेको छ । राष्ट्रिय सभाको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । सो उपनिर्वाचनमा बागमती प्रदेशका प्रदेशसभा सांसदहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्न पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री