
नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
आइतबार एक सूचना जारी गर्दै बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो । बैङ्कले जारी गरेको सात बुँदे निर्देशनमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न भनेको छ । बैंकले कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ ।











प्रतिक्रिया