अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो

कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् ।

Advertisement

दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्यवसायी (होलसेल र उत्पादक) ले चलखेल गरे । सबैको मिलेमतोमा मूल्य बढाइयो ।’

खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको हो । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री