शुक्रबार, १४ वैशाख २०८१

४० जिल्लामा फैलियो कोरोना, एकैदिन ५९ जनामा संक्रमण पुष्टि

समयपोष्ट २०७७ जेठ ९ गते २१:३४

Advertisement

नेपालमा एकैदिन ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ३० जना, दिउँसो २० जना र साँझ नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिकामा संक्रमण देखिएको थियो । बिहानै सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

त्यस्तै आज दिउँसो कैलाली जिल्लाका तीन जना १९,२६ र २३ बर्षिय पुरुष,डडेलधुराका १ जना २८ बर्षिया पुरुष,बैतडी जिल्लाका १ जना २२ बर्षिय पुरुष,बाँकेका १४ जना १८ देखि ६१ बर्षका पुरुष र मोरंगका ४१ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी आजै साँझ मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ भने ४० जिल्लामा संक्रमण फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । अहिलेसम्म ७० जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री