शुक्रबार, १४ वैशाख २०८१

भारतीय मिडियालाई मनिषाको जवाफ : श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन

समयपोष्ट २०७७ जेठ ८ गते ७:५४

Advertisement

नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई एक ट्वीटर प्रयोगकर्ताले जवाफ फर्काएका छन्‌।

कोइरालाकै नामबाट सञ्चालित एक ट्वीटर ह्याण्डिलमा प्रयोगकर्ताले लेखेका छन्‌, श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन।’ नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले सरकारी कदमको प्रशंसा गरेकी थिइन्। लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए।

एबिपी न्युजले मनिषालाई ‘चीनको निर्देशनमा एक्टिङ गरेको’ आरोप लगाएको थियो। च्यानलले आफ्नो स्क्रोलमा लेखेको थियो, ‘भारतको खाएर चीनको गीत गाउँछ्यौ?’  कतिपय भारतीयहरूले मनिषाको ट्विटमा कमेन्ट गर्दै उनलाई भारत छाड्न भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री