शनिबार, १५ वैशाख २०८१

काठमाडौमा ३ नयाँ संक्रमित थपिए, ललितपुरमा पनि भेटियो कोरोना

समयपोष्ट २०७७ जेठ ६ गते १६:४४

Advertisement

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापामा ९, मोरंगमा १,सुनसरी,१,सर्लाहीको २, काठमाडौ ३,भक्तपुर १,मकवानपुुर १,रामेछाप १,ललितपुरको १,सिन्धुुली १,लमजुुंग १, कपिलवस्तुु ४ र नवलपरासीको १ गरी मंगलबार २७ संक्रमित थप भएका हुन् । जसमध्य २४ पुुरुष र तीन जना महिला रहेका छन् ।

संक्रमितहरु १७ देखि ४२ बषए उमेर समुहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री