बिहीबार, ३ जेठ २०८१

कोरोना भाइरस संक्रमणबाट नेपालमा एक जनाको मृत्यु

समयपोष्ट २०७७ जेठ ३ गते २१:३२

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुँनेमा सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिला रहेकी छिन् । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि गरेको हो ।

मृतक महिला महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको थियो ।

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो,स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिईन् । तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री