बिहीबार, ३ जेठ २०८१

सुर्तीको पातबाट बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, मानिसमा परीक्षण गर्ने तयारी

समयपोष्ट २०७७ जेठ ३ गते ८:१०

Advertisement

चुरोट उत्पादन गर्ने एक कम्पनीले कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार गरेको दाबी गरेको छ।

ब्रिटिस अमेरिकन टोबाको (बीएटी) ले सुर्तीको पातबाट यस्तो भ्याक्सिन बनाएको दाबी गरेको बीबीसीले लेखेको छ । उक्त भ्याक्सिन मानिसमा परीक्षणका लागि तयार भएको उसले बताएको छ।

सुर्तीको पातबाट प्रोटिन उत्पादन गरेर त्यसको प्रयोग गरी भ्याक्सिन तयार गरिएको हो। प्रि–क्लिनिकल ट्रायलमा यसको रेस्पोन्स पोजेटिभ आएको बताइएको छ।

अमेरिकी फुड एन्ड ड्रग एजेन्सीले अनुमति दिए यही जुनको अन्तिममा यसको परीक्षण सुरु हुन सक्नेछ।

Advertisement

गत महिना भ्याक्सिन बनाउने घोषणा गर्दैै कम्पनीले सरकारको सहयोग मिलेको खण्डमा एक सातामा ३० लाख डोज बनाउने दाबी गरेको थियो।

उता अक्सफोर्ड विश्वविद्यालयका केही शोधकर्ताहरुले पनि कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अनुसन्धानकर्ताहरुले सुरुआती सफलता प्राप्त गरेका छन्।

अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्यूटका अनुसन्धानकर्ताले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको खोप बनाउन काम सुरु गरेका थिए।

अहिले यो खोपको बाँदरमा सफल परीक्षणपछि मानिसहरुमा परीक्षण भइरहेको छ। अनुसन्धानकर्ताको रिपोर्टमा यो खोप ६ वटा बाँदरमा परीक्षण गरिएको थियो। ती बाँदरलाई नयाँ बनाइएको खोप दिइएपछि कोरोना भाइरसको ठूलो मात्रा उनीहरुको शरीरमा प्रवेश गराइएको थियो।

केही बाँदरमा यो खोप दिइएको १४ दिनमा एन्टिबडी विकसित भयो भने केहीलाई २८ दिन लाग्यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री