शुक्रबार, २१ वैशाख २०८१

तेस्रो पटक पिता बन्न लागेका रामपालको गर्भवती प्रेमिकासंगको तस्विर भाइरल

समयपोष्ट २०७६ वैशाख १६ गते १४:१४

Advertisement

तेस्रो पटक पिता बन्न लागेका बलिउड बलिउड अभिनेता अर्जुन रामपाल आजकाल चर्चामा छन् ।

प्रेमिका गेब्रिएला डेमेट्रिएडससँगको सम्बन्धका कारण उनका चर्चा चुलिएको हो । केही समयअघि मात्र गर्भवति प्रेमिकाको तस्विर इन्स्टा मार्फत सार्वजनिक गरेका उनी गेब्रिएलासँग घुमिरहेको देखिए ।

उनीसँगको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ । गेब्रिएला आफ्नो पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन् । विवाह अघि नै बच्चा जन्माउन लागेको भन्दै अर्जुन र गेब्रिएलाको निकै चर्चासमेत भइरहेको छ ।

सन् १९९८ मा अर्जुन रामपालले मेहर जेसियासँग विवाह गरेका थिए । २८ मे २०१८ मा दुबैले आफ्नो २० वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्ग्याउने निधो गरे । अहिलेसम्म दुबैको आधिकारिक रुपमा सम्बन्धविच्छेद भइसकेको छैन यस्तोमा अर्जुनले कानूनी रुपमा दोस्रो विवाह गर्न पाउँदैनन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री