शुक्रबार, २१ वैशाख २०८१

क्रिकेटर मोहम्मद शमीकी श्रीमती हसिन जहाँ पक्राउ

समयपोष्ट २०७६ वैशाख १६ गते १३:४५

Advertisement

भारतीय क्रिकेट समूहका बलर मोहम्मद शमीकी पत्नी हसिन जहाँ पक्राउ परेकी छिन् । जहाँलाई शान्ती भंग गरेको आशंकामा अमरोहा पुलिसले पक्राउ गरेको हो ।

। धारा १५१ मा चलान गरेपछि पुलिस हसिन जहाँलाई लिएर एसडीएम अदालत पुगेको छ । हसिन आइतबार राती डिडौली थाना इलाकाको सहसपुर अली नगर गाउँमा मोहम्मद शामीको पैतृक आवासमा पुगेकी थिइन् जहाँ मोहम्मद शामीकी आमा र परिवारसँग भनाभन भएको थियो ।

हसिन जहाँले पुलिस हिरासतमा मिडियासँगको कुराकानीमा मोहम्मद शमीको पहुँच र पैसाका कारण युपी पुलिसले उनलाई तनावमा पारिरहेको आरोप लगाएकी छिन् । यतिबला हसिन जहाँले मिडियासँग मद्दत पनि मागिन् । उनले सोधिन्, ‘योगी सरकारले किन देखिरहेको छैन ? मोदी सरकारले किन देखिरहेको छैन ? ‘बेटी बचाओ बेटी पढाओ’ र म पनि छोरी नै हुँ । ममाथि कस्तो व्यवहार गरिँदैछ । राती १२ बजे मलाई ओछ्यानबाट घिसारेर ल्याइएको हो ।’

‘मेरो हातबाट फोन खोसियो । मलाई घाउसमेत भएको छ । अब तपाईं भन्नुहोस् कि म सहयोग माग्न कहाँ जाउँ ? उनले आफ्नो पैसा, पावर सबैकुरा यो कुरामा लगाइरहेका छन् । अब म आफ्नो हकका लागि लडिरहेका बेला मलाई पुलिसले प्रताडित गरिरहेको छ । ’

Advertisement

स्मरण रहोस्, श्रीमतीसँग विवादका कारण बीसीसीआईले आफ्नो सेन्ट्रल कन्ट्र्याक्टबाट शमीको नाम हटाएको थियो । तर बीसीसीआईको एन्टी करप्सन युनिटले मोहम्मद शमीलाई क्लिनचिट दिएको थियो । हसिनले मोहम्मदमाथि थुप्रै महिलासँग विवाहेत्तर सम्बन्ध भएको आरोप लगाउँदै आएकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री