बिहीबार, २० वैशाख २०८१

यो वर्ष कम्तीमा दुई सयको मृगौला प्रत्यारोपण गर्दैछौं

समयपोष्ट २०७६ वैशाख १३ गते ९:५७

Advertisement

२०७६ साल मेरो लागि निकै नै खास रहने छ । किनकि मैले अहिलेसम्म आफ्नो कार्यक्षेत्रमा हासिल गरेका कुराहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दैछु । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई शैक्षिक प्रतिष्ठानमार्फत् आफ्नो ज्ञान र सीपलाई हस्तान्तरण गर्ने ठोस योजना बनाएको छु ।

क्रमिक रूपमा हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरेका छौँ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरको प्रथम प्रत्यारोपण सम्मेलन नयाँ वर्षको सुरुवातमै वैशाख ७ र ८ गते गर्न लागेका छौँ । यसमा विश्वका प्रसिद्ध प्रत्यारोपणविद् (कलेजो, मृगौला, मुटु, प्याङ्क्रियाजलगायत) को सहभागिता रहने छ । कार्यक्रममा नेपालका जिल्ला अस्पतालसम्मका मेडिकल सुपरिटेन्डेन्ट र नर्सिङ डाइरेक्टरहरू समेत सहभागी हुने छन् । साथै, नयाँ वर्षको सुरुवातमै अङ्ग दानसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि अगाडि बढाउँदै छौँ । व्यक्तिगतरूपमा भन्दा म काममा अझ समर्पित भएर बढीभन्दा बढी यस क्षेत्रमा कसरी काम गर्न सकिन्छ भन्ने खोजमा छु ।

अहिले यसको आफ्नै भवन र जग्गा छैन । यसलाई स्थायीरूपले कहाँ बनाउन सकिन्छ, स्वस्थ्यमन्त्रीको निर्देशनमा यसलाई दीर्घकालीन योजनाअन्तर्गत राखिएको छ ।

हामी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्थायित्व दिन प्रयासरत छौँ । अहिले यसको आफ्नै भवन र जग्गा छैन । यसलाई स्थायीरूपले कहाँ बनाउन सकिन्छ, स्वस्थ्यमन्त्रीको निर्देशनमा यसलाई दीर्घकालीन योजनाअन्तर्गत राखिएको छ । अर्को, अहिले यहाँका सबै कर्मचारीहरू अस्थायी, तीन महिने ज्यालादारी जस्तो अर्थात् करारमा कार्यरत छन्, जसले गर्दा मोटिभेसन पनि नहुने र अन्य स्थानमा राम्रो अवसर प्राप्त भए गइहाल्ने अवस्था छ । त्यसले गर्दा कर्मचारीहरूलाई स्थायी गर्न हामीले नयाँ वर्षको सुरुवातमै लोक सेवामार्फत् विज्ञापन गर्दैछौँ, जसले यो संस्थालाई अझ मजबुत बनाउने छ ।

Advertisement

अर्को, हामीले नयाँ वर्षमा कम्तीमा दुई सय जनाको मृगौला प्रत्यारोपण गर्ने तयारी गरेका छौँ, जुन संसारकै ठूला–ठूला केन्द्रहरूमा मात्र हुने गर्छ । अर्को, हामीले कलेजो प्रत्यारोपण सुरु गरेका छौँ । त्यसलाई पनि नियमित गर्न कार्यक्रमहरू ल्याउँदै छौँ । मुटु र फोक्सोको सम्पूर्ण उपचार सेवा नयाँ वर्षको सुरुवातबाट नै गर्ने तयारी गरेका छौं।

 

हामी सङ्ख्या बढाएर गुणात्मक सेवा दिन प्रयासरत छौं । कुनै पनि नेपाली विदेश जानु नपरोस् । विदेशबाट यहाँ आएर प्रत्यारोपण गर्नेको सङ्ख्या अझ वृद्धि होस् । प्रत्यारोपण क्षेत्रमा नेपालले प्रसिद्धि कमाओस् भन्ने मेरो चाहना हो ।

 

गत वर्ष मृगौला प्रत्यारोण सतप्रतिशत सफल भएको छ । त्यसअघि पनि सतप्रतिशत सफल भएका थियौँ । गत वर्ष पनि झन्डै एक सय ७५ जनाको प्रत्यारोपण गरिसकेका छौँ । त्यो पनि सतप्रतिशत सफल छ । त्यस कारण ऐतिहासिक सफलताको घडी चलिरहेको छ । हामी सङ्ख्या बढाएर गुणात्मक सेवा दिन प्रयासरत छौं । कुनै पनि नेपाली विदेश जानु नपरोस् । विदेशबाट यहाँ आएर प्रत्यारोपण गर्नेको सङ्ख्या अझ वृद्धि होस् । प्रत्यारोपण क्षेत्रमा नेपालले प्रसिद्धि कमाओस् भन्ने मेरो चाहना हो ।

२०७६ साल अत्यन्तै सकारात्मक हुनेमा आशावादी छु । हामीले पूर्वाधार निर्माणमै पाँच–छ वर्ष लगायौँ । अहिले हामी स्थायित्वको कुरा गर्दैछौँ । प्रत्यारोपण क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने मैले जुन सपना देखेर काम थालेको थिएँ, त्यो पुरा हुँदै छ । ऐन नियम कानुन बनिसकेका छन् । कामको हिसाबले पनि बिरामीको विश्वास जित्न सक्ने वातावरण बनाएका छौँ । यस संस्था ०७६ सालमा अत्यन्तै मजबुत र नमुनायोग्य हुन्छ भन्ने विश्वास मैले लिएको छु । (बैशाख १ गते प्रकाशित समयबोध म्यागेजिनबाट ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री