शुक्रबार, ४ जेठ २०८१

काठमाडौंमा अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै, बिश्वभरबाट प्रसिद्ध चिकित्सकहरुको उपस्थिती रहने

समयपोष्ट २०७६ वैशाख ३ गते १५:४६

Advertisement

शहिद धर्म धक्त राष्ट्रिय प्रत्यारेपण केन्द्र, अंङ्ग प्रत्यारेपण समाज नेपाल, र इन्डियन प्रथ्यारेपण समाजको सहकार्यमा बैशाख ७ र ८ गते प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ ।

‘ब्रिजिङ द ग्याप’ भन्ने नाराको साथ काठमाण्डौमा हुन गई रहेको सम्मेलनमा बिश्वभरबाट अङ्ग प्रत्यारोपण क्षेत्रका प्रसिद्ध चिकित्सकहरुको उपस्थिती रहने भएको छ ।

शहिद भर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठ, अंङ्ग प्रत्यारेपण समाज नेपालका अध्यक्ष डा. निरज गोबिन्द जोशी र इन्डियन अङ्ग प्रत्यारेपण समाजका अध्यक्ष प्रा.डा. सन्दिप गुलेरियाको अध्यक्षतामा हुन गई रहेको उक्त कार्यक्रमको साइन्टिफक कमिटिको अध्यक्ष प्रा.डा. राकेस कुमार बर्मा, हस्पिटालिटी तथा तथा लजेष्टिक कमिटिको अध्यक्षमा डा. कल्पना कुमारी श्रेष्ठ रहेका छन् भने सम्मेलनको सदस्य सचिव डा. सुमित आचार्य तथा सह सचिवमा इन्डियन अङ्ग प्रत्यारेपण समाजबाट डा. बिवेक कुटे छन् ।

सम्मेलनका अन्य सदस्यहरुमा प्रा.डा गुण कुमार श्रेष्ठ, डा. दिलिप शर्मा, प्रा.डा. गोपी अर्याल, प्रा.डा. राजिव झा,डा. दिपेश लाल गुरुवाचार्य प्रा. डा बिश्वास प्रधान, डा. सुवास प्रसाद आचार्य, डा. यादब देब भट्ट, डा. मोहनदेब भण्डारी, डा. सुधांशु के.सि., डा. बिषेश पौडेल, डा. अनिल बराल, डा. कल्पना श्रेष्ठ, डा. सुमित आचार्य, डा. आरती राई, डा. कर्ण राज बंशी, डा. निभा श्रेष्ठ, डा. बिनिता जोशी, डा. संजित कृष्ण श्रेष्ठ, डा. अनन्त श्रेष्ठ, लगाएतका चिकित्सकहरु रहनु भएको छ । त्यसै गरि कार्यक्रमको सल्लाहकारहरुमा प्रा.डा. आई.एल. आर्चाय, प्रा.डा. बिश्व राज जोशी, प्रा.डा. सुबोध अधिकारी, प्रा.डा. बि.डि. झा, प्रा.डा. सन्तोषमान श्रेष्ठ, प्रा.डा. बसन्त पन्थ र प्रा.डा. पवन कुमार सुल्तानिया हुनु हुन्छ ।

Advertisement

सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान , सिंङ्गापुर, श्रीलंका, तथा भारतका करिब ३० जना प्रत्यारोपण बिज्ञहरुका साथै नेपालका समेत करिब ३०० जनाको सहभागिता हुनेछ ।

सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्बिन्धि बिशुद्ध प्राबिधिक बिषयहरुमा छलफल हुने र दोस्रो दिन नेपालको जिल्ला जिल्लामा समेत जनचेतना अभिबृधि गर्ने उदेश्यले बिषेश गरि मष्तिष्क मृत्युबाट हुने अङ्गदान सम्बन्धी छलफल कार्यक्रम राखिएको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठले जानकारी दिए ।

बिश्वका बिभिन्न देशका प्रत्यारोपण बिज्ञहरुबाट अङ्ग प्रत्यारोपणको क्षेत्रमा भई रहेको प्रबिधीको बिकास, ज्ञान शिप तथा नयाँ उपलब्धिहरुको आदान प्रदान हुने र नेपाल जस्तो बिकाशिल राष्ट्रहरुमा अङ्गदान तथा प्रत्यारोपणमा ठुलै जनचेतना जगाउने बिश्वासका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रमलयको स्विकृतीमा केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखलाई सम्मेलनमा निःशुल्क सहभागी गराउनको लागीएको डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री