शुक्रबार, १४ वैशाख २०८१

बाफियाका कारण धमाधम बैंक छाडदैं सञ्चालकहरु,सिभिलका तामाङ र प्रभुकी लामाको राजीनामा स्वीकृत

समयपोष्ट २०७४ वैशाख १७ गते ६:२८

राष्ट्रपतिबाट वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि बैंक तथा वित्तीय संस्थाका करिव तीन दर्जन सञ्चालकहरु अयोग्य भएका छन । उनिहरुले अहिले धमाधम राजीनामा दिन थालेका छन ।

Advertisement

यसै सिलसिलामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र प्रभु बैंककी संचालक कुसुम लामाले राजीनामा दिएका छन । उनिहरुको राजीनामा दुवै बैकको संचालक समितिले स्वीकृत गरिदिएको छ । 
सिभिल बैकको सञ्चालक समितिले तामाङको ठाउमा अम्बिर बोगटी नियुक्त गरेको छ । उनलाई बैंकमा विशेष कार्यक्रम गरेर स्वागत गरिएको छ भने तामाङलाई विदाइ पनि गरिएको छ ।  बाफियाको नियमअनुसार सांसदसमेत रहेका माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेनद्र प्रसाद महतो र एनसिसी बैकका सञ्चालक मोहनवहादुर बस्नेतले पनि बैंक छाड्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री