बिहीबार, ६ वैशाख २०८१

‘सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन’

समयपोष्ट २०७४ वैशाख १७ गते ५:५६

ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।  सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा अबको सात वर्षभित्र आठ हजार र निजी क्षेत्रको सहभागितामा नौ हजार मेगावाट बिजुली उत्पादन थप गरिने दाबी गरेका हुन् ।

Advertisement

उज्यालो अभियान प्रचारका लागि नभएर वास्तविकताका लागि भएको भन्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई हौसला दिँदै मन्त्री शर्माले उद्योगी व्यवसायीले अब ऊर्जामा लगानी गर्नुपर्ने बेला आएको बताए । उनले ऊर्जामा गरेको लगानी कहिल्यै खेर नजानेसमेत बताएका छन् । 

मन्त्री शर्माले एक वर्षभित्र देश पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त हुनेसमेत दाबी गरेका छन् । विद्युत्भार कटौती अन्त्यका लागि जलविद्युत्का क्षेत्रमा थुप्रै काम भइरहेको बताउँदै उनले पहिलो चरणमा अहिले देशका मुख्य सहरहरुमा विद्युत्भार कटौती अन्त्य गर्ने काम भइरहेको बताए । 

एक वर्षभित्र उज्यालो नेपाल बनाउन आफूले दिनरात नभनी काम गरिरहेको बताउँदै मन्त्री शर्माले अबको केही समयमै निर्माणाधीन अवस्थाका ठूला आयोजना पूरा भएपछि देशका अधिकांश सहरमा लोडसेडिङ अन्त्य हुने बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री