बिहीबार, १३ वैशाख २०८१

माछापुच्छ्रे  बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच साझेदारी

समयपोष्ट २०७३ चैत २८ गते १२:५३

सरलीकृत लघुकर्जा सेवा प्रदान गर्न माछापुच्छ्रे  बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच एक साझेदारीमा हस्ताक्षर भएको छ । 
सोमवार माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित भोहराले साझेदारी पत्रमा हस्ताक्षेर गरे ।

Advertisement

अव नेपालभरका चौध वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गरिने बैंकद्धारा जारी बिज्ञपतीमा उल्लेख छ । 
‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सात जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ, परियोजनको सम्भावित प्रभाव माथि प्रकाश पार्दै, माछापुच्छ्रे  बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले भने ‘परियोजनाको ३ वर्षे समयावधिमा माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शाखारहित बैंकिङ सेवाविन्दुहरू र समर्पित सम्बन्ध प्रबन्ध (रिलेशनशिप म्यानेजर) मार्फतबाट ९,००० भन्दा बढी हितग्राहीहरूलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । यसको अतिरिक्त, हाम्रो वित्तीय साक्षरता अभियानको माध्यमबाट १३,००० हितग्राहीसम्म पुग्ने लक्ष्य लिएका छौं ।’
सक्षमका टोली प्रमुख बलजित भोहराले दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीय व्यक्तिहरू स्थानीय ऋणदाताहरू अत्यन्त उच्चदरमा ऋण लिन बाध्य भएको भएको बताए । ‘हाम्रो यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधन गर्नेछ र देशमा सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवा प्रदान गर्नेछ ताकि उनीहरूले समृद्ध र सम्मानित जीवन जीउन सकून, उनले भने ‘लघुवित्त सेवा विस्तारको लागि समर्पित सम्बन्ध प्रबन्धकहरू परिचालन गरेपश्चात  हामीले निर्धारण गरेका लक्ष्यहरू छिट्टै नै प्राप्त हुनेछन् भन्ने विश्वास हामीले लिएका छौं ।’
माछापुच्छ्रे बैंक लिमिटेड पश्चिमाञ्चल विकास क्षेत्रबाट पहिलो क्षेत्रीय वाणिज्य बैंकको रूपमा सन् १९९८ मा स्थापना भएको थियो । बैंकले आफ्ना ग्राहकका आवश्यकताहरूलाई उत्कृष्ट सेवा र नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको अवलम्बन मार्फत  करीब ४ लाख पचास हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दैै आइरहेको छ ।
सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री