शुक्रबार, १४ वैशाख २०८१

ईपीजी बैठक राजधानीमा सुरु , नेपाल र भारतका सन्धि–सम्झौताका विषयमा छलफल हुँने

समयपोष्ट २०७३ चैत २३ गते ६:१८

नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को बैठक काठमाडौँमा बुधबारबाट सुरु भएको छ । बैठकमा नेपाल र भारतका सन्धि–सम्झौताका विषयमा दुवै देशका बुद्धिजीविहरुबीच छलफल हुँनेछ ।

Advertisement

बैठकमा विशेष गरेर सन् १९५० मा भएको बहुचर्चित सन्धिबारे छलफल हुँनेछ । यस्तै नेपाल –भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य  विषयमा  पनि छलफल हुँनेछ । 
बैठकमा भारतको तर्फबाट बिजेपीका नेता भगतसिंह कोसियारीको नेतृत्वमा बुद्धिजीवीहरु, पूर्वराजदूत जयन्तप्रसाद, महेन्द्रपी लामा लगायत राजधानी आइपुगेका छन् । 

नेपालको तर्फबाट छलफलको नेतृत्व पूर्वराजदूत भेषबहादुर थापाले गरेका छन् । बैठकमा सूर्यनाथ उपाध्यायलगायत नेपाली बुद्धिजीवीहरु सहभागी छन् ।दुई देशबीचको सन्धि पुनरावलोकनका लागि बैठक फलदायी हुने विश्वास लिइएको छ ।

यसअघि ईपीजीको बैठक तय भएर पनि दुईपटक सम्म सरेको थियो । अघिल्लोपटक भारतीय निर्वाचनले बैठक प्रभावित भए पनि यसपटक भने दुवै देशका बुद्धिजीवीहरुलाई एजेण्डामाथि छलफल गर्ने अवसर जुटेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री