शुक्रबार, १४ वैशाख २०८१

चैत्र २५ गतेदेखि जनता बैंकले एकीकृत कारोबार सुरु गर्ने

समयपोष्ट २०७३ चैत २१ गते ६:५०

त्रिवेणी विकास बैंकलाई गाभेर जनता बैंकले चैत २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । चैत ६ गते राष्ट्र बैंक र चैत १३ गते कम्पनी रजिष्टारको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबार सुरु हुँने भएको हो । एकीकृत कारोबार ब्यवस्था मिलाउन दुबै बैंकको वित्तिय कारोबार चैत २४ गते विहीबार बन्द हुने भएको छ  । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार एकीकृत कारोबार सुरु भएको दुई साता भित्रमा सेयर कारोबार सुचारु गराउने प्रकृयामा बैंक लागेको छ ।

Advertisement

गत कात्तिक १७ गते सम्झौता गरी एक बराबर एक अनुपातमा मर्जरमा गएको बैंकको मर्जर पछि चुक्ता पूँजी चार अर्ब ९० करोड रुपैंयाको हारहारीमा पुगेको छ । सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई आफुमा विलय गर्ने सम्झौता गरेको जनताले उसलाई पनि एक बराबर एक कित्ता सेयर दिने भएको छ । यस अघि जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गर्दै चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णय गरेको थियो ।  सिद्धार्थलाई मिलाएपछि चुक्ता पूँजी आठ अर्ब हाराहारी पुग्ने भएकाले जनताले प्रस्ताव गरेको हकप्रदमा पुनर्बिचार हुनसक्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री