शुक्रबार, १६ चैत २०८०

विमानस्थलभित्र छिर्‍यो चितुवा

समयपोष्ट २०७३ चैत २१ गते ६:०५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा छिरेको छ । बिहान सवा ८ बजे विमानस्थलमा छिरेको चितुवा विमानस्थलभित्रै हराएको छ । विमानस्थल प्रहरीका अनुसार विमानस्थलमा चितुवा देखिएपछि तीब्र खोजी भइरहेको छ ।

Advertisement

प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन् । विमानस्थल क्षेत्रमा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाईएको छ । चितुवा छिरेपछि विमानस्थलको उडान-अवतरण आधा घण्टा प्रभावित भएको थियो ।

सुरुमा रन-वे क्षेत्र नजिकैको पानी छिर्ने ड्रेनमै देखिएको चितुवा अहिले कहाँ पुग्यो भन्ने अन्योल छ । विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री