सगरमाथा लुम्बिनी इन्स्योरेन्स्द्वारा संखुवासभा र भोजपुरमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको आयोजनामा कोशी प्रदेशअन्तर्गत संखुवासभा र भोजपुर जिल्लामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।
मिती २०८१ चैत्र १९ गते पाँचखपन नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको थियो भने पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रम सञ्चालन खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले गर्नुभएको थियो।
कार्यक्रममा कृषि तथा पशुपन्छी विभाग प्रमुख उमेश ढकालले बीमा प्रक्रिया, दावी भुक्तानी, नयाँ बीमा सफ्टवेयर तथा प्रविधिको भूमिका बारे जानकारी दिनुभएको थियो। कुल ५३ जना सहभागी रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खतिवडाले सबै किसानलाई बीमामा आबद्ध गराउनु पर्नेमा जोड दिनुभयो।
मिती २०८१ चैत्र १७ गते सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको थियो भने वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्ग प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रम सञ्चालन भोजपुर शाखा प्रमुख सन्तोष तिवारीले गर्नुभएको थियो। कृषि विभाग प्रमुख उमेश ढकालले सहभागीहरुलाई बीमा प्रक्रिया, क्षतिपूर्ति दावी प्रक्रिया तथा बीमा सफ्टवेयर प्रयोग सम्बन्धी जानकारी दिनुभयो। कार्यक्रममा वडा सदस्य, कृषक तथा कर्मचारी गरी ६५ जना सहभागी थिए।
मिती २०८१ चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा सम्पन्न कार्यक्रममा केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता तथा वडा नं. ६ का अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पत्रकार, कृषि तथा पशुपन्छी प्रविधिक, अगुवा कृषक लगायत ४० जना सहभागी थिए। कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रक्रिया, अनुदान, जोखिम मूल्याङ्कन, दावी भुक्तानी प्रक्रिया तथा सफ्टवेयर प्रणालीमार्फत बीमालेख जारी गर्ने विधि सम्बन्धी विस्तृत जानकारी दिनुभयो।
प्रतिक्रिया