सेयर बजारमा गिरावट

नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।

Advertisement

३२२ स्टकको ५५ हजार ७१२ पटकको कारोबारमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ। बुटवल पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंक र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५० करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री