बिहीबार, २० वैशाख २०८१

प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा

समयपोष्ट २०८१ वैशाख ७ गते ९:३४

Advertisement

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक छ ।

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १६ करोड ६५ लाख र रिजर्भको आकार ९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । २ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.४८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.८१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १०.२६ रुपैयाँ,पिई अनुपात १३.८४ गुणा र तरलता अनुपात २६.७८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री