बिहीबार, २० वैशाख २०८१

माछापुच्छ्रे बैंकको खुद नाफा पौने १ अर्ब

समयपोष्ट २०८१ वैशाख ७ गते ९:३०

Advertisement

माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा पौने १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ३६ प्रतिशत घटेर ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

Advertisement

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले १ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा २.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.६८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री