बिहीबार, २० वैशाख २०८१

मञ्जुश्री फाइनान्सको खुद नाफा १५ करोड ९ लाख

समयपोष्ट २०८१ वैशाख ७ गते ८:०९

Advertisement

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ७.२३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३४.५० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १०.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.२१ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ६ पैसा रहेको छ।

Advertisement

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १४ रुपैयाँ ९० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३३.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७५ पैसा रहेको छ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ८० करोड ७६ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा फाइनान्सले १५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री