बिहीबार, २० वैशाख २०८१

कुमारी बैंकको खुद नाफा १ अर्ब ५ करोड, सञ्चालन मुनाफा साढे २१ प्रतिशतले वृद्धि

समयपोष्ट २०८१ वैशाख ७ गते ६:५९

Advertisement

कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड खुद नाफा आर्जन गरेको छ ।

बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको कर खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो। बैंकको यस अवधिमा सञ्चालन मुनाफा भने साढे २१ प्रतिशत बढेको छ।

बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ।

Advertisement

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी आम्दानी ३ रुपेयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री