बिहीबार, २० वैशाख २०८१

काठमाडौँ आएको विमानको सिटमा भेटियो एक किलो सुन

समयपोष्ट २०८१ वैशाख ६ गते २०:१८

Advertisement

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा एक किलो भन्दा बढी सुन फेला परेको छ ।

वन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माका अनुसार बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको हो । बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

विमानको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सो सुन फेला परेको शर्माको भनाइ छ ।

वे नम्बर ५ मा पार्किङ भएको जहाजको सिटमा विमानकै कर्मचारीहरूले सुन फेला पारेको बताइएको छ । प्रहरीका अनुसार सिक्री थान ३, सुनको बिस्कुट थान–६ त्रिभुज आकारको सुन जस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु थान–२ र सिक्री जोड्ने ससाना रिङ थान–२ फेला परिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री