मंगलबार, १८ वैशाख २०८१

प्रभु बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०८१ वैशाख ५ गते १५:४६

Advertisement

प्रभु बैंक लिमिटेडले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आप्mनो ३०२ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेको बैंकले जनाएको छ ।

बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री