मंगलबार, १८ वैशाख २०८१

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

समयपोष्ट २०८१ वैशाख ५ गते १२:११

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनी लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार थिए

प्रतिक्रिया

सम्बन्धित सामाग्री