मंगलबार, १८ वैशाख २०८१

मधेस प्रदेश सभामा बैठकमा हानाहान र कुर्सी तोडफोड

समयपोष्ट २०८१ वैशाख ४ गते १९:५६

Advertisement

मधेस प्रदेश सभामा बैठकमा हानाहान र कुर्सी तोडफोड भएको छ ।

१० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा हानाहान भएको हो ।

सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो ।

जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए । उनले भने,‘ ५ घन्टापछि सदन सुरु भयो । तर जनमतको माग सम्बोधन नभएपछि उसले फेरि सदनमा विरोध गर्न थाल्यो । यहीबिच मुख्यमन्त्रीले जबरजस्ती प्रस्ताव पेस गर्न खोज्नुभयो । त्यसपछि जनमत पार्टीसहित कांग्रेसले विरोध जनायो । यही बेला तानातान मात्रै होइन, हातपातसमेत भयो ।’

बैठकमा विवाद भएपछि पुनः मधेस प्रदेशसभा १० मिनेटको लागि स्थगित भएको छ । विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री