मंगलबार, १८ वैशाख २०८१

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत

समयपोष्ट २०८१ वैशाख ४ गते १९:४१

Advertisement

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नाउपाका दुई जनाको दाबी अस्वीकृत भएको छ ।

प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८को २ बमोजिम ६ गते साझ ५ बजे सम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री