मंगलबार, १८ वैशाख २०८१

दुई डीआइजी एआइजीमा बढुवा सिफारिस

समयपोष्ट २०८१ वैशाख ४ गते ६:४१

Advertisement

नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन् । भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्।

सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री