सोमबार, १७ वैशाख २०८१

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

समयपोष्ट २०८१ वैशाख ३ गते १४:३४

Advertisement

आज नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको हो ।

आज प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे ।

२०७६ कात्तिकबाट काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् । सो सुरुङमार्गमा मोटरसाइल र इन्धनका सवारीसाधन सञ्चालन हुन पाउनेछैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री