शुक्रबार, १४ वैशाख २०८१

एशियन लाइफको प्रस्तावित बोनस घट्यो, १२ प्रतिशत बोनस बाड्न रोक

समयपोष्ट २०७५ वैशाख १३ गते ६:५८

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिने भनेको बोनस सेयर आधा घटेको छ । कम्पनीले यसअघि फागुन १४ गते प्रस्ताव गरेको १२ प्रतिशत बोनस बीमा समितिबाट स्वीकृत नभएपछि कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ६ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement

बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले विद्यमान चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले ४ करोड ८३ लाख ५५ हजार बराबरको बोनस तथा २५ लाख ७७ हजार ९०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

एशियन लाइफको चुक्ता पुँजी १ अर्ब २० करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री